काठमाडौं: चेन्नाई सुपरकिंग्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै चेन्नाई फाइनलमा पुगेको छ ।

चेन्नाई आईपीएलको फाइनलमा पुगेको यो सातौं पटक हो । हैदरावादको भने जारी सिजनमा लगातार चौथो हार हो ।

वानखेडे मैदानमा १४० रनको विजय लक्ष्य चेन्नाईले १० ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो ।

टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । कार्लोस ब्रेथवेटले ४३ रन बनाए । बलिङतर्फ ड्वेन ब्राभोले दुई विकेट लिए ।