काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।

आजको यस खेलको विजेताले फाइनल प्रवेश पाउने र फाइनलमा उपाधिका लागि चेन्नाई सुपर किंग्ससँग खेल्नेछ।

चेन्नाईसँगको खेलमा पराजित भएपछि सनराइजर्स हैदरावादले फाइनल प्रवेशका लागि आज कोलकता नाइट राइडर्स खेल्नु परेको हो ।

कोलकता र सनराइजर्सबीच कोलकताको घरेलु मैदानमा नेपाली समय अनुसार वेलुका सवाँ ७ बजेदखि खेल सुरु हुनेछ।

लिगचरणसहित पछिल्ला चार खेलमा लगातार जित हात पारेको कोलकता र लगातार चार खेल हारेको हैदरावादबीचको खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।


। बलिङ डिपार्टमेन्ट राम्रो भएको हैदरावादको ब्याटिङ धेरै हदसम्म कप्तान केन विलियमसन र ओपनर शिखर धवनमा निर्भर छ। बलिङमा भने स्पीनर रसिद खानसँगै सिमरहरु भुवनेश्वर कुमार, सिद्दार्थ कौउल र सन्दीप शर्माले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।