काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करण अन्तर्गत प्लेअफका खेहरु आजबाट सुरु हुँदैछन्। पहिलो क्वालिफायरमा शीर्ष स्थानको सनराइजर्स हैदरावाद र दोस्रो स्थानको चेन्नाई सुपर किंग्स भिड्दैछन्।

आजको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अर्को मौका पाउँनेछ।

सन् २०१३ बाट आइपीएल खेल्न सुरु गरेको हैदरावाद टोली सन् २०१६ को च्याम्पियन टोली हो भने सबै आइपीएलको प्लेअफ चरणमा पुग्ने टोली चेन्नाई सन् २०१० र ११ मा लगातार च्याम्पियन बनेको थियो।

हैदरावाद र चेन्नाईबीद्वको खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ।