काठमाडौं: बलिउड अभिनेता सलमान खानका भाई तथा फिल्म निर्माता अरबाज खान पक्राउ परेका छन्। आइपीएलको सट्टेबाजी प्रकरणमा मुछिएका अरवाजलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो।

शुक्रबार बिहान अरबाजको बान्द्रास्थित निवासमा प्रहरीले नोटिस पठाए पनि उनी बयान दिन जान ढीला गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। । सो नोटिसमा मुम्बईका सट्टेबाजहरुको र्‍याकेटमा अरवाज पनि सम्वन्धित देखिएको उल्लेख गरिएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार अरवाजले भारतका सबैभन्दा कुख्यात सट्टेबाज सोनु जलान मार्फत पैसा लगाएको प्रहरीको आशंका छ। गत १५ मेमा एक सट्टेवाज गिरोहका चार जना गिरफ्तार भएपछि यो प्रकरणको खुलासा भएको थियो।


। अरबाजमाथि लागेको आरोप प्रमाणित भएमा उनले जेल जानुपर्ने पक्वा छ।