काठमाडौंः इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट अन्तर्गत शुक्रबार रातिको खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।

जितका लागि पाएको १ सय ७७ रनको लक्ष्य राजस्थानले खेल सकिन एक बल बाँकी छँदा भेट्टायो । राजस्थानलाई जिताउन जोस बट्लरले नट आउट ९५ रन बनाए । ६० बल खेलेका उनले ११ चौका र २ छक्का हाने । राजस्थानको जितमा बटलर नै नायक रहे । उनी बाहेक कसैले राम्रो रन बनाउन सकेनन् । स्टुआर्ट बिन्नीले २२ तथा सन्जु स्यामसनले २१ रनको योगदान दिए ।

पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १ स ७६ रन बनाएको थियो । चेन्नईका सुरेश रैनाले ५२ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ३३ तथा शेन वाटसनले ३९ रन बनाए ।


१८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावाद यसअघि नै अघिल्लो चरणमा पुगिसकेको छ । दोश्रो स्थानमा रहेको चेन्नईको ११ खेलबाट १४ अंक छ । किंग्स इलावेन पञ्चाबको १० खेलबाट १२ अंक छ । मुम्बई इण्डियन्स र कोलकता नाइट राइडर्सकै बराबर ११ खेलबाट १० अंक बटुलेको भए पनि राजस्थान रन रेटका आधारमा छैटौं स्थानमा छ । यी ६ वटै टिमको अघिल्लो चरणमा पुग्ने संभावना कायम छ ।