दिल्ली: इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियनलाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान फिरोज शाह कोट्लामा टस जितेर पहिले व्याटिङ्ग गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनायो। दिल्लीका लागि रिसब पन्तले सर्वाधिक रन ६४ रन जोडे। उनले ४४ बल खेल्दा चार छक्का र चार चौकाको मद्दतमा ६४ रन बनाए।

दिल्लीका लागि ओपनर ब्याट्सम्यान पृथ्वी सा र ग्लेन म्याक्सवेलले राम्रो पदर्शन गर्न सकेनन्। पृथ्वी पहिलो विकेटको रुपमा ३.१ ओभरमा ८ बल खेल्दा १२ रन मात्र बनाएर आउट भए भने म्याक्सवेल १८ बलमा २२ रन बनाउँदा ४.१ ओभरमा आउट भए।


। दिल्लीका कप्तान श्रीयस ऐरीले १० बलमा ६ रन मात्र जोडे।

दिल्लीका लागि विजय शंकरले ३० बलमा ४३ रन जोडे भने अभिषेक शर्माले १० बलमा १५ रन जोडे।