काठमाडौंः इन्डियन प्रिमियर लिग  (आईपीएल) क्रिकेटमा सट्टेबाजीको नाममा २ करोड ४० लाख ठगी गरेको आरोपमा अमृत नथमल अग्रवाल अर्थात ‘नागराज’ पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले ठगी आरोपी अग्रवाललाई शनिबार काठमाडौं पानीपोखरीबाट पक्राउ गरेको हो ।

जनकपुर नगरपालिका-३ काबासिन्दा ४८ वर्षका अग्रवाल काठमाडौं पानीपोखरीमा बस्दै आएका थिए।

उनीमाथि भारतमा भएको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी प्रलोभन देखाएर २ करोड चालीस लाख ठगी गरी सम्पर्कविहीन भएको आरोप लागेकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।