काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।

आज कोलकत्ता नाइट राइडर्सले साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकत्ता र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता सातौं जितको खोजीमा हुनेछ । कोलकत्ता १२ खेलमा १२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा रहेको छ ।

यता, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई पाँचौ जितको खोजीमा हुनेछ । चेन्नई १२ खेलमा ८ अंक जोडेर पुछारमा रहेको छ ।


सिजनको पहिलो भेटमा कोलकत्ताले चेन्नईलाई १० रनले पराजित गरेको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १३ बिहीबार, १४:००