काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।

आज कोलकत्ता नाइट राइडर्स र किङ्स इलाभेन पञ्जावबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाह क्रिकेट मैदानमा कोलकत्ता र पञ्जावबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता सातौं जितको खोजीमा हुनेछ । कोलकाता ११ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानाम रहेको छ ।

यता, केएल राहुलको कप्तानी मैदान उत्रने पञ्जाव छैटौं जितको खोजीमा हुनेछ । पञ्जाव ११ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

सिजनको पहिलो भेटमा कोलकत्ताले पञ्जावलाई २ रनले हराएको थियो ।



प्रकाशित मितिः २०७७ साल कार्तिक १० सोमबार, १६:१८