काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।

आज कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ता र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ५ जितसहित १० अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।

विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर सातौं जितको खोजीमा हुनेछ । बैंगलोर ९ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


यसै सिजनको पहिलो भेटमा बैंगलोरले कोलकत्तालाई ८२ रनले हराएको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ५ बुधबार, १३:५९