काठमाडौंः काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।

आज साविक उपविजेता चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

शेख जायद क्रिकेट स्टेडियममा चेन्नई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई चौंथो जितको खोजीमा हुनेछ । चेन्नई ९ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यता, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान पनि चौंथो जितको खोजीमा हुनेछ । राजस्थानले ९ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।


सिजनको पहिलो भेटमा राजस्थानले चेन्नईलाई १६ रनले पराजित गरेको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ३ सोमबार, १३:१९