काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राईडर्स तथा दोस्रो खेल किङ्स इलाभेन पञ्जाव र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

दिल्ली र कोलकत्ताबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ भने पञ्जाव र हैदराबादबीचको खेल भने साँझ ७ः४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट मैदानमा श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली आठौं जितको खोजीमा हुनेछ । अघिल्ला १० खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ ।

यता, इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता छैटौं जितको खोजीमा हुनेछ ।


। १० खेलमा १० अंक जोडेर कोलकत्ता चौंथो स्थानमा रहेको छ ।

यसै सिजनको पहिलो भेटमा दिल्लीले कोलकत्तालाई १८ रनले हराएको थियो ।

यसैगरी, दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा केएल राहुलको कप्तानीमा मैदान उत्रने पञ्जाव पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला १० खेलमा ४ जितसहित ८ अंक जोडेर पञ्जाव छैटौं स्थानमा रहेको छ ।

यता, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद पनि पाँचौं जितको खोजीमा रहेको छ । १० खेलमा ८ अंक जोडेर हैदराबाद पाँचौं स्थानमा रहेको छ ।

यस सिजनको पहिलो भेटमा हैदराबादले पञ्जावलाई ६९ रनले पराजित गरेको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ८ शनिबार, १३:०६