काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।

आज दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्ली र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ ।

केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब चौंथो जितको खोजीमा हुनेछ । पन्जाब ९ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।


यसै सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, १३:५८