काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।

आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

शेख जायद क्रिकेट मैदानमा दिल्ली र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली आठौं जितको खोजीमा हुनेछ । १३ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली तेस्रो स्थानमा रहेको छ ।

यता, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर पनि आठौं जितको खोजीमा हुनेछ । बैंगलोर १३ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।


आजको खेलको नतिजाका आधरमा दोस्रो भएर प्ले अफ पुग्ने टिमको टुंग्गो लाग्ने छ । पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने खतरा पनि उत्तिकै रहेको छ । अप्रत्यक्ष रुपमा दिल्ली र बैंगलोरको म्याचलाई क्वार्टरफाइनलको रुपमा हेरिएको छ । जित्ने टिम दोस्रो हुँदै प्ले अफमा पुग्दा उसलाई फाइनल पुग्नका लागि अरु दुई म्याचको सम्भावना हुने छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १७ सोमबार, १२:०२