काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बई इन्डियन्स तथा दोस्रो खेल रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

दिल्ली र मुम्बईबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ भने बैंगलोर र हैदराबादबीचको खेल भने शेख जायद क्रिकेट मैदानमा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली आठौं जितको खोजीमा हुनेछ । १२ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली तेस्रो स्थानमा रहेको छ ।


यता, केइरन पोलार्डको कप्तानीमा मैदान उत्रने मुम्बई नवौं जितको खोजीमा हुनेछ । १२ खेलमा ८ जितसहित १६ अंक जोडेको मुम्बई शीर्ष स्थानमा रहेको छ । चोटका कारण मुम्बईका नियमित कप्तान रोहित शर्मा मैदान उत्रने सम्भावना कम रहेको छ ।

सिजनको पहिलो भेटमा दिल्लीलाई मुम्बईले ५ विकेटले हराएको थियो ।

यसैगरी, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर आठौं जितको खोजीमा हुनेछ । १२ खेलमा ७ जितसहित १४ अंक जोडेको दोस्रो स्थानमा रहेको छ ।

यता, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद छैठौं जितको खोजीमा रहेको छ । १२ खेलमा १० अंक जोडेर हैदराबाद सातौं स्थानमा रहेको छ ।

सिजनको पहिलो भेटमा हैदराबादलाई बैंगलोरले १० रनले हराएको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १५ शनिबार, ११:५८