काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाह क्रिकेट स्टेडियममा दिल्ली र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली पाँचौ जितको खोजीमा हुनेछ । यता, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान तेस्रो जितको खोजीमा हुनेछ ।

अघिल्ला ५ खेलमा ४ जितसहित ८ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ भने राजस्थान ५ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १४:४८