काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

शेख जायद स्टेडियममा दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस्तै, डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद पहिलो जितको खोजीमा हुनेछ ।

दुई खेलमा अपराजित दिल्ली ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने हैदराबादले अघिल्ला दुई खेल गुमाएको छ ।

दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा र दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो ।


हैदराबाद पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनमा र दोस्रो खेलमा कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।


प्रकाशित मितिः मंगलबार, असोज १३, २०७७, १४:५६