काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।

आज किङ्स इलाभेन पञ्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

शेख जायद क्रिकेट स्टेडियममा पञ्जाब र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

केएल राहुलको कप्तानी मैदान उत्रने पञ्जाब सातौं जितको खोजीमा हुनेछ । १२ खेलमा १२ अंक जोडेको पञ्जाब तालिकाको चौंथो स्थानमा रहेको छ । पञ्जाब राजस्थानलाई हराएर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ ।

यता, स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान छैठौं जितको खोजीमा हुनेछ । १२ खेलमा १० अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ ।


। प्ले अफको गणितीय सम्भावना कायम राख्न पनि राजस्थानलाई जितको विकल्प छैन ।

यस सिजनको पहिलो भेटमा राजस्थानले पञ्जाबलाई ४ विकेटले हराएको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १४ शुक्रबार, ११:३०