काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।

आज रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाह क्रिकेट स्टेडियममा बैंगलोर र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

विराट कोहलिको कप्तानीमा रहेको बैंगलोर पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ६ खेलमा बैंगलोर ४ जितसहित ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यता, दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पनि पाँचौ जितको खोजीमा हुनेछ । ६ खेलमा ८ अंक जोडेको कोलकत्ता तेस्रो स्थानमा रहेको छ ।



प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, ११:१२