काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।

आज रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाह क्रिकेट स्टेडियममा बैंगलोर र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर छैटौं जितको खोजीमा हुनेछ । ७ खेलमा ५ जितसहित १० अंक जोडेको बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

यता, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब दोस्रो जितको खोजीमा हुनेछ । ७ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, १३:०७