काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स तथा दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधावीको शेख जायद स्टेडियममा बैंगलोर र राजस्थानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस्तै, स्टिभ स्मिथको कप्तानीमा रहेको पञ्जाव पनि तेस्रो जितको खोजीमा हुनेछ ।

यी दुई टिमले अघिल्ला ३ खेलमा दुई जित र एक हार व्यहोरेका छन् ।

आजै दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।


शारजाहमा दिल्ली र कोलकाताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस्तै, दिनेश कात्तिकको कप्तानीमा रहेको कोलकाता पनि तेस्रो जितको खोजीमा हुनेछ ।

यी दुई टिमले अघिल्ला ३ खेलमा दुई जित र एक हार व्यहोरेका छन् ।


प्रकाशित मितिः शनिबार, असोज १७, २०७७, १३:३९