काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।

आज साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

शेख जायद क्रिकेट मैदानमा मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ११ खेलमा ७ जितसहित १४ अंक जोडेको मुम्बई शीर्ष स्थानमा रहेको छ । मुम्बईका कप्तान शर्माले खेल्ने सम्भावना न्यून रहेको छ । चोटका कारण उनले पछिल्लो दुई खेल गुमाईसकेका छन् ।

यता, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर पनि आठौं जितको खोजीमा हुनेछ ।


। बैंगलोर ११ खेलमा १४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

यस अघिको भेटमा बैंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, १२:०४