काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस्तै, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर पनि दोस्रो जितको खोजीमा हुनेछ ।

अघिल्ला दुबै खेलमा दुई टोलीले एक जित र एक हार व्यहोरेका थिए ।

पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको मुम्बई दोस्रो खेलमा भने कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले परजित गर्न सफल भएको थियो ।


यता, बैंगलोरले भने सनराईजर्स हैदराबादलाई १० रनले हराएर सुखद सुरुवात गरेको थियो । दोस्रो खेलमा भने बैंगलोर किङ्ग इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो ।


प्रकाशित मितिः सोमबार, असोज १२, २०७७, १४:४२