काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज साविक विजेता समेत रहेको मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दैछ ।

शेख जायद क्रिकेट मैदानमा मुम्बई र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

मुम्बई भने शीर्ष स्थानमा रहेर क्वालिफायर पुगीसकेको छ । मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ । त्यसैले मुम्बईका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

यता, हैदराबाद १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।


। मुम्बईलाई हराउन सकेमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई नेट रन रेटमा पछि बनाएर प्ले अफ पुग्नेछ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १८ मंगलबार, १२:४६