काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज राजस्थान रोयल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाह क्रिकेट स्टेडियममा राजस्थान र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस्तै, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब पनि दोस्रो जितको खोजीमा हुनेछ ।

राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । यस्तै, पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो ।



प्रकाशित मितिः आइतबार, असोज ११, २०७७, १४:१८