काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।

आज सनराइजर्स हैदराबाद र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबाद र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद चौंथो जितको खोजीमा हुनेछ । हैदराबाद ७ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यता, महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । चेन्नई ७ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।



प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १५:१०