काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हैदराबाद र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद र विराट कोहोलीको कप्तानीमा रहेका हैदराबाद सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

अघिल्लो संकरणमा दुई टिमबीच दुई भेट भएको थियो । जसमा दुवै टिमले एक एक जित निकालेका थिए ।

पहिलो भेटमा हैदराबादले बैंगलोरलाई १ सय १८ रनले हराएको थियो ।


। तर, दोस्रो भेटमा बैंगलोरले हैदराबादलाई ४ विकेटले हराएको थियो ।


प्रकाशित मितिः सोमबार, असोज ५, २०७७, १३:४३