काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स तथा दोस्रो खेल दिल्ली क्यापिटल्स र साविक विजेता मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

हैदराबाद र राजस्थानबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ भने दिल्ली र मुम्बईबीचको खेल भने साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद चौंथो जितको खोजीमा हुनेछन् । पाँचौं स्थानमा रहेको हैदराबादले ६ खेलमा ३ हार र ३ जित निकालेको छ ।

यता, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान पनि हैदराबादलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ ।


। पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानले ६ खेलमा २ जित र ४ हार व्यहोरेको छ ।

यसैगरी, शेख जायद क्रिकेट स्टेडियममा श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ६ खेलमा ५ जितसहित १० अंक जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ ।

यता, रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई पाँचौ जितको खोजीमा हुनेछ । मुम्बई ६ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १२:४१