काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

शेख जायद क्रिकेट स्टेडियममा हैदराबाद र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुवै टिम जित निकाल्दै दोस्रो क्वालिफायर पुग्न चाहन्छ ।

एलिमिनेटरमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ भने विजेता टिम भने दोस्रो क्वालिफायरमा पुग्नेछ ।

डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद लिग चरणमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेर प्ले अफ पुगेको हो ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर भने चौंथो स्थानमा रहेर प्ले अफ पुगेको हो ।


। बैंगलोरले समेत लिग चरणमा १४ खेलमा १४ अंक जोडेको थियो ।

पहिलो भेटमा बैंगलोरले हैदराबादलाई १० रनले हराएको थियो । तर, दोस्रो भेटमा भने हैदराबादले बैंगलोरलाई ५ विकेटले हराएको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २१ शुक्रबार, १५:५२