काठमाडौंः इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले सहज जित निकालेको छ ।

सोमबार राति कोलकत्ताले पन्जाब किंग्समाथि ५ विकेटको सहज जित निकालेको हो ।

जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको कोलकत्ताले १६ ओभर ४ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

कोलकत्ताका जितमा कप्तान इयान मोर्गनले अविजित ४७, राहुल त्रिपाठीले ४१, दिनेश कार्तिकले अविजित १२ र आन्द्रे रसेलले १० रन बनाए ।

पन्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दिपक होडाले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।


पन्जाबका मायांक अग्रवालले ३१, क्रिस जोर्डनले ३०, लोकेश राहुल र निकोलस पुरणले समान १९र१९ रन जोड्दा साहरुख खानले १३ रन बनाए ।

कोलकत्ताका प्रसिद्ध कृष्णले ३ तथा सुनिल नारिन र पाट कुमिन्सले २र२ विकेट लिए ।

जितसँगै कोलकत्ता ६ खेलबाट ४ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ । पन्जाब ६ खेलमा ४ अंक सहित छैटौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, ०८:२८