काठमाडौंः चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्ससँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा चेन्नई मुम्बईसँग ४ विकेटले पराजित गरेको हो ।

जितका लागि २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

मुम्बईको जितमा केइरोन पोलार्डले अविजित ८७, क्विनटन डी ककले ३८, कप्तान रोहित शर्माले ३५, कुर्नाल पाण्डेयले ३२ र हार्दिक पाण्डयले १६ रन बनाए ।

चेन्नईका साम कुरानले ३ तथा शार्दूल ठाकुर, रविन्द्र जडेजा र मोईन अलीले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

चेन्नईका लागि अम्बाती रायडुले अविजित ७२, फाप डु प्लेसिसले ५० र मोइन अलीले ५८ र रविन्द्र जडेजाले अविजित २२ रन बनाए ।

मुम्बईका केइरन पोलार्डले २ तथा ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १र१ विकेट लिए ।

जितसँगै ७ खेलमा ८ अंक जोड्दै मुम्बई तालिकाको चौंथो स्थानमा रहेको छ ।

चेन्नई ७ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रकाशित मितिः २०७८ साल वैशाख १९ गते आइतबार, १०:२३