काठमाडौंः दिल्ली क्याटपिल्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।

जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

दिल्लीको जितमा शिखर धवनले ४५, स्टिभ स्मिथले ३३, ललित यादवले अविजित २२, शिम्रन हिटमेयरले अविजित १४ तथा कप्तान ऋषव पन्त र पृथ्वी श समान ७/७ रन बनाए ।

मुम्बईका जस्प्रित बुम्राह, जयन्त यादव, राहुल चाहर र केइरन पोलार्डले १/१ विकेट लिए ।


यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४४, इशान किशनले २६, सूर्यकुमार यादवले २४ र जयन्त यादवले २३ रन बनाए ।

दिल्लीका अमित मिश्राले ४ र आभेस खानले २ विकेट लिए ।

जितसँगै दिल्ली ४ खेलमा ६ अंक बटुल्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईको यो दोस्रो हार हो । मुम्बईको ४ खेलबाट ४ अंक रहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ८ गते बुधबार, ०८:२३