
काठमाडौंः पन्जाब किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ३४ रनले पराजित गरी तेस्रो जित निकालेको हो ।
जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले ३५, रजत पतिदारले ३१, हर्सल पटेलले ३१ र केली जेमिसनले अविजित १६ रन बनाए ।
पन्जाबका हरप्रित ब्रारले ३, रबि बोस्नाईले २ तथा रिली मेरेदिथ, मोहमद शामी र क्रिस जोर्डनले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
पन्जाबका लागि कप्तान लोकेश राहुलले अविजित ९१, क्रिस गेलले ४६ र हरप्रित ब्रारकले अविजित २५ रन बनाए ।
बैंगलोरका केली जेमिसनले २ तथा डानिल साम्स, युजभेन्द्र चाहल र सहबाज अहमेदले १/१ विकेट लिए ।
पन्जाब ७ खेलबाट ६ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।
७ खेलबाट १० अंक जोडेको बैंगलोर तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ साल वैशाख १८ गते शनिबार, ११:५७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook