काठमाडौंः ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा पन्जाब किंग्सले सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा पन्जाबले साविक विजेता मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरी सहज जित निकालेको हो ।

जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १७ ओभर ४ बलमा १ विकेटको क्षतिमा पूरा गर्यो ।

पन्जाबका लागि लोकेश राहुलले अविजित ६३, क्रिस गेलले अविजित ४३ र मायांक अग्रवालले २५ रन बनाए ।

मुम्बईका राहुल चाहरले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ६३, सूर्यकुमार यादवले ३३ र केइरन पोलार्डले अविजित १६ रन बनाए ।


पन्जाबका रबि बोस्नाई र मोहमद शामीले २/२ तथा दिपक होडा र अश्रदिप सिंहले १/१ विकेट लिए ।

जितसँगै पन्जाब ५ खेलबाट ४ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा रहेको छ ।

मुम्बई ५ खेलबाट ४ अंक सहित तालिकाको चौंथो स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ११ गते शनिबार, ०८:१५