काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

श्रेयस एयरको कप्तानीमा रहेको दिल्ली हैदराबादलाई पराजित गर्दै पुनः मुम्बईसँगको भेट पक्का गर्न चाहन्छ चने डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद पनि दिल्लीलाई हराएर फाइनल पुग्न चाहन्छ ।

दिल्ली पहिलो क्वालिफायरमा मुम्बईसँग ५७ रनले पराजित भएको थियो ।


। तर, आईपीएलको नियम अनुसार दिल्लीले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

यता, हैदराबादले भने एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो ।

लिग चरणको पहिलो भेटमा हैदराबादले दिल्लीलाई १५ रनले हराएको थियो । दोस्रो भेटमा हैदराबादले ८८ रनको जित निकालेको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २३ आइतबार, १४:१८