काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक विजेता समेत रहेको मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्लीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।

लिग चरणमा मुम्बईले १४ खेलमा ९ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायरमा स्थान बनाएको हो ।


। दिल्लीले लिग चरणमा १४ खेलमा ८ जितसहित १६ अंक जोडेको थियो ।

लिग चरणको दुई भेटमा मुम्बईले दुबै खेल जितेको थियो । पहिलो खेल मुम्बईले ५ र दोस्रो खेल ९ विकेटले जितेको थियो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १५:००