काठमाडौंः रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।

जितका लागि १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।

दिल्लीका कप्तान ऋषवले अविजित ५८, शिम्रोन हिटमायरले ५३, मार्कुस स्टोनिसले २२ र पृथ्वी शले २१ रन बनाए ।

बैंगलोरका हर्सल पटेलले २ तथा मोहमद सिराज र केली जेमिसनले १र१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।


बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित ७५, रजत पाटीदरले ३१, ग्लेन म्याक्स्वेलले २५, देबदुत पडिकलले १७ र कप्तान विराट कोहलीले १२ रन बनाए ।

दिल्लीका इशान्त शर्मा, कागिसो राबडा, अभेस खान, अमित मिश्रा र अक्षर पटेलले १र१ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको बैंगलोरले ६ खेलमा १० अंक जोडेको छ । दिल्ली ६ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १५ गते बुधबार, ०७:१०