मुम्बई: इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाइट राइडर्स सेमिफाइनलमा प्रवेश गरेको छ।

अब फाइनल प्रवेशका लागि कोलकाताले सनराइजर्स हैदरावादबीच खेल हुनेछ र बिजेता टोलीले फाइनलमा चेन्नाई सुपर किंगसँगको सामना गर्नेछ।

कोलकताले दिएको १७० रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। राजस्थानका लागि सन्जु सामसनले ३८ बलमा ५० तथा कप्तान अजिन्का रहानेले ४१ बलमा ४६ रन बनाए।

कोलकताका चावलाले २ तथा कुलदिपले १ विकेट लिए। चावलाले २२ तथा कुदिपले १८ रन खर्चेर प्रसिदले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए।


टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो। कोलकताका लागि कार्तिकले ३८ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५२ रन बनाए। सातौँ नम्बरमा ब्याटिङ गरेका रसेलले २५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै नटआउट ४९ रन योगदान गरे। यस्तै शुभमन गिलले १७ बलमा २८ रन जोडे। ८ ओभरमा ५१ रन हुँदा ४ विकेट गुमाएको कोलकताको इनिङ्स कप्तान कार्तिकले सम्हाले। उनले पाँचौ विकेटका लागि गिलसँग ५५ तथा छैटौँ विकेटका लागि रसेलसँग २९ रनको साझेदारी गरे।

राजस्थानका कृष्नप्पा गोवतम, जोफ्रा आर्चर र बेन लाउनलिनले २-२ विकेट लिए।