मुम्बईः इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनल खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्स सामू १७९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुम्बईको वानखेडे स्टेडियममा टस जितेर बलिङ रोजेको चेन्नई सुपर किंग्सले उपाधिका लागि १७९ रनको विजय लक्ष्य पाएको हो।

टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनाएको छ । हैदरावादका लागि कप्तान केन विलम्सनले ४७ रन बनाए। युसुफ पठानले नटआउट ४५ रन जोडे। २५ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।

शिखर धवन २ चौका र १ छक्कासहित २६, शकिब अल हसनले २ चौका, १ छक्कासहित २३ र कार्लोस ब्राथवेटले ३ छक्कासहित २१ रन बनाए।


बलिङतर्फ कर्ण शर्मा, रवीन्द्र जडेजा, डायन ब्राभो, लुंगी निग्दी र शार्दुल ठाकुरले समान १–१ विकेट लिए।