मुम्बई: आइतबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा भएको फइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको छ।

शेन वाट्सनले बनाएको एक शतकको मद्दतमा सनराइजर्स चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा
तेस्रो पटक आफ्नो जित दर्ता गराउँदै उपाधि जितेको हात पारेको हो ।

हैदरावादले बनाएको १७८ रनको लक्ष्यलाई पछ्याउँदै जवाफी व्याटिङ्गमा उत्रीएको १८.३ ओभरमा चेन्नईले २ विकेटको क्षतिमा १८१ रन बनकउँदै विजय हुन सफल बन्यो । ५७ बल खेलेका शेन वाट्सनले ११ चौका र ८ चौका प्रहार गर्दै चेन्नई सुपर किंग्सका लागि ११७ रनको योगदान गरे ।


। शेन वाट्सनको सतक आइपीएलको फाइनलमा खेलमै पहिलो शतक हो।

महेन्द्रसिंह धोनीको कप्तानीमा आइतबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको चेन्नईले जितसँगै चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको छ।

चेन्नईको जितमा सुरेश रैनाले ३ चौका र १ छक्कासहित ३२, अम्बाती रायडूले १६ र फाडु प्लेसिसले १० रन जोडेका थिए ।

टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले जम्मा २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनायो । हैदरावादका लागि कप्तान केन विलम्सनले ४७ रन बनाए भने युसुफ पठानले नटआउट ४५ रन बनाएका थिए । त्यस्तै शिखर धवनले २६, शकिब अल हसनले २३, कार्लोस ब्राथवेटले २१ रन बनाए भने गोस्वामीले ५ र होडाले ३ रन मात्र जोड्न सके ।