काठमाडौँ: इन्डियन प्रिमियर लिग मार्फत आफ्नो विश्वव्यापी पहिचान बनाएको सन्दिप लामिछाने मंगलबार नेपाल फर्किदै छन्। नेपाली समय अनुसार दिउँसो ४ बजेर १५ मिनेटमा  जेट एयरलाइन्समार्फत सन्दिप स्वदेश फर्किन लागेका हुन्।

दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेलेका सन्दीपले ३ खेल खेल्दै ५ विकेट लिएका थिए। सन्दीपले डेब्यु खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्ध खेलेका थिए जसमा उनले प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए। त्यस्तै, चेन्नाई सुपर किंग्सविरुद्धको  दोश्रो खेलमा  सन्दीपले ४ ओभरमा मात्र २१ रन खर्चेर १ विकेट लिंदै आफ्नो छाप विश्व क्रिकेटमा छोड्न सफल भएका थिए।


अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्स विरुद्ध सन्दीपले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए । दिल्ली आईपीएलबाट बाहिरिए पछि सन्दिप मंगलबार नेपाल फर्किन लागेका हुन।