काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सलाई पराजित भएको छ ।

अबुधाबीको शेख जायद क्रिकेट मैदानमा आज भएको खेलमा कोलकत्ता नाइट राईडर्ससँग दिल्ली ५९ रनले पराजित भएको हो ।

कोलकत्ताले दिएको १ सय ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनायो ।

दिल्लीका लागि कप्तान श्रेयस एयरले ४७, ऋषब पन्तले २७ र शिम्रन हिटमायरले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कोलकत्ताका भरुण चक्रवर्तीले ५, पाट कुमिन्सले ३ तथा लक्की फर्गुसनले १ विकेट लिए ।


यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

कोलकत्ताका लागि सुनिल नारिनले ८१, नितेश रानाले ६४, कप्तान इयान मोर्गनले १७, राहुल त्रिपाठीले १३, सुबमन गिलले ९ र दिनेश कार्तिकले ३ रन बनाए ।

दिल्लीका मार्कुस स्टोनिस, एनरिच नोर्टजे र कागिसो राबडाले २/२ विकेट लिए ।

जितसँगै कोलकत्ताले दिल्लीसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । पहिलो भेटमा दिल्लीले कोलकत्तालाई १८ रनले हराएको थियो ।

जितपछि कोलकत्ताले ११ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानमा रहेको छ ।

दोस्रो स्थानको दिल्लीको ११ खेलबाट १४ अंक रहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ८ शनिबार, २०:००