काठमाडौंः भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।

एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित गरिएको हो ।

विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

पछिल्लो पटक कोलकत्ता नाइट राईडर्सका दुई खेलाडी, चेन्नई सुपर किङ्सका तीन अफिसियल र सनराइजर्स हैदरावादका एक खेलाडीमा कोरोना देखिएको छ ।

आईपीएलका २९ खेल सकिँदा दिल्ली क्यापिटल्स शीर्ष, चेन्नई सुपर किङ्स दोस्रो, रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो र मुम्बई इन्डियन्स चौथो स्थानमा छन् ।



प्रकाशित मितिः २०७८ साल वैशाख २१ गते मंगलबार, १९:५९