काठमाडौंः महानगरीय अपराध महाशाखा ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा सट्टेबाजी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भई हाल कमलपोखरी स्थित होटल कोनार्क ईनको कोठा नं. १०५ मा बस्ने कुलदिप शारण, भारत घर हुने सन्जिव शारण, सिन्धुपाल्चोक घर बताउने प्रदिप घिमिरे, भारत कानपुर घर भई काठमाडौं कुलेश्वर बस्ने ३८ वर्षीय अजय गौतम, काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा, काठमाडौं महानगरपालिका–१३ सोल्टिमोड बस्ने ५५ वर्षीय अनिल कुमार बमसल र दिल्ली र राजस्थान घर भई हाल काठमाडौं वसन्तपुर बस्ने ४६ वर्षीय नविन जैन रहेको प्रहरीले जनाएको छ ।


कालिमाटी इलाकामा सट्टावाजी भईरहेको भन्ने सूचनाको आधारमा तत्काल महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा आइतबार कालिमाटी स्थित भारत घर भएका कुलदिप शारण सट्टाबाजी खेल्ने खेलाउने गर्ने भन्ने बुझिन आई उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा अन्य ६ समेत संलग्न भएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता/सूचना अधिकारी प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनीहरुको साथबाट नेपाली नगद १ लाख ८५ हजार १२० रुपैयाँ र सवारी साधन २ वटा बराबद गरिएको उनले बताए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, १७:२६