काठमाडौंः रोयल च्यालेन्जर्स बैंगलोर ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १६ ओभर ३ बलमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

बैंगलोरका लागि देवदत्त पडिकलले अविजित १ सय १ रन र कप्तान विराट कोहलीले अविजित ७२ रन बनाए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

राजस्थानका लागि शिबम डुबेले ४६, राहुल टेवाटियाले ४०, रियान परागले २५, कप्तान सन्जु सामसनले २१ र क्रिस मोरिसले १० रन बनाए ।


बैंगलोरका मोहमद सिराज र हर्सल पटेलले ३र३ तथा केली जेमिसन, केन रिचार्डसन र वासिङ्गटन सुन्दरले १र१ विकेट लिए ।

जितसँगै बेंगलोर ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले ४ खेलमा २ अंकका साथ पुछारमा रहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १० गते शुक्रबार, ०८:३५