काठमाडौंः भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रन ले हराएको छ ।

कोलकातामा भएको खेलमा पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा २१० रनको स्कोर खडा गर्यो ।

मुम्बईका लागि इशान किसनले मात्रै २१ बलमा ५ चौका र ६ छक्काको सहयोगले ६२ रन बनाए । त्यस्तै मुम्बईका लागि रोहित शर्मा र सूर्यकुमार यादवले ३६–३६ रनको योगदान दिए । कोलकाताका लागि पियुश चावलाले ३ विकेट लिए ।

२११ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका कुनै पनि ब्याट्सम्यान जम्न सकेनन् ।


। कोलकाताले १८।१ ओभरमा अलआउट हुँदै १०८ रन मात्र बनाउन सक्यो । क्रिस लिन तथा नितिश राणाले २१–२१ रन बनाउँदा रोबिन उथप्पाले १४ रन बनाए ।

हार्दिक पाण्डेया तथा क्रुणाल पाण्डेयाले उत्कृष्ट बलिङ गर्दै समान २–२ विकेट लिए । यो खेलपछि मुम्बई इन्डियन्स लिग तालिकाको चौथो स्थानमा पुगेको छ ।

सनराइजर्स हैदराबाद १६ अंकसहित शिर्ष स्थानमा रहेको छ । १४ अंकसहित चेन्नई सुपर किङ्स दोस्रो स्थानमा रहेको छ भने किङ्स इलावेन पञ्जाब १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । कोलकाता नाइटराइडर्स भने १० अंकबाट रन रेटमा मुम्बईभन्दा तल झरेर पाँचौ स्थानमा रहेको छ ।