काठमाडौंः अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को एकदिवसिय र टी–ट्वान्टी वरियतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले आज अपडेट गरेको नयाँ वरीयतामा नेपाल एकदिवसीय र टी–ट्वान्टी दुवैमा यथावत रहेको हो ।

एकदिवसीयमा नेपाल १६ औं स्थानमा रहेको छ भने टी–ट्वान्टीमा नेपाल १५ औं स्थानमा रहेको छ ।

एकदिवसिय बरियतामा नेपालले नौ खेलमा १६१ अंक पाएको छ । नेपालको १८ रेटिङ रहेको छ ।

एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि ओमान, स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन् ।

एकदिवसीयमा इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।


यस्तै, टी–ट्वान्टीमा नेपालले २३ खेलमा चार हजार एक सय ४८ अंक पाएको छ । उसको रेटिङ एक सय ८० रहेको छ ।

एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेका छन् ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । यस्तै इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।


प्रकाशित मितिः शुक्रबार, वैशाख १९, १४:०९