आईसीसी टि–२० विश्व ११ क्रिकेट टोलीमा सन्दिप छनौट







काठमाडौंः नेपालका स्टार क्रिकेटर सन्दिप लामिछाने अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको टि-२० विश्व ११ मा छनौट भएका छन्।

वेष्टईण्डिज बिरुद्ध लर्ड्समा खेलिने टि-२० अन्तराष्ट्रीय क्रिकेट खेल्नकालागि सन्दिप टोलीमा परेका हुन्।

१७ बर्षीय सन्दिप भारतको टि-२० क्रिकेट आईपीएलमा दिल्ली डेयरडेविल्सबाट खेलिरहेका छन्। उनले आफ्नो पहिलो खेलमा विश्वको ध्यान आकर्षित गरेका थिए।

मे ३१, २०१८मा लर्ड्समा खेलिने खेलका लागि सन्दिप छानिएका हुन्। वेष्टईन्डिजमा गत बर्ष आएको आँधीले ध्वस्त पारेको क्रिेकट स्टेडियमको सहयोगार्थ उक्त प्रतियोगिता खेलिन लागेको आईसीसीले जनाएको


छ।

विश्व ११ को टोलीमा सन्दीपसँगै इयोन मोर्गन (कप्तान) ,साहिद अफ्रिदी, तमिम इक्वाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लागन, सोएब मल्लिक, हार्दिक पाण्ड्या, थिसारा परेरा र लुक रोन्ची रहेका छन्।




ताजा समाचार


विशेष समाचार