आकासे पुल भत्किँदा १२ जनाको मृत्यु







उत्तर प्रदेश: निर्माणाधीन आकासे पुल भत्किँदा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् ।

भारतको उत्तर प्रदेशमा पर्ने वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा रहेको भारतीय विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगेको बताइएको छ ।

घटनास्थलमा


केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख्या गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।




ताजा समाचार


विशेष समाचार