रोल्पाः रोल्पामा आगलागीबाट लाखौंको क्षति हुनुका साथै चार परिवार घरवारविहीन भएका छन् ।

त्रिवेणी गाउँपालिका–४ जुगारमा आइतबार बेलुका भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

स्थानीयबासी हरी परियारको गोठबाट सल्केको आगोले रमेश परियार र नन्दबहादुर पुनको घर जलेर नष्ट भएका हुन् ।

उक्त आगलागीबाट १० लाख बढीको क्षति भएको बताइएको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।